|

काठमाडौं : अन्तर पार्टी महिला संजालको केन्द्रीय अध्यक्षमा नीलम वर्मा चयन भएकी छन्। संजालको विधानअनुसार मंगलबार राष्ट्रिय जनता पार्टी नेपालकी वर्माको नेतृत्वमा संजालको केन्द्रीय कार्यसमिति परिवर्तन गरिएको हो।

संजालको उपाध्यक्षमा नेकपा एमालेकी सावित्रा भुसाल, महासचिवमा नेपाली कांग्रेसकी कल्याणीदेवी रिजाल, सचिवमा नेकपा माओवादी केन्द्रकी कमला रोका, कोषाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी सहनाज रहमान चयन भएका छन्।

यसैगरी संजालका सदस्यहरूमा संघीय समाजवादी फोरम नेपालकी रेणुकुमारी यादव, नेकपा एमालेकी राधाकुमारी ज्ञवाली, ममता गिरी, नेपाली कांग्रेसकी मीना पाण्डे, उमा रेग्मी, नेकपा माओवादी केन्द्रकी शशि श्रेष्ठ, यशोदा सुवेदी, राष्ट्रिय जनता पार्टी नेपालकी पुष्पा ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी प्रतिभा राणा, नेकपा मालेकी नीलम केसी चयन भएका छन्।

संजालकी निवर्तमान अध्यक्ष रेणुकुमारी यादवको अध्यक्षतामा मंगलबार भएको विशेष बैठकले संजालको नेतृत्व परिवर्तन गरेको हो। संजालको विधानअनुसार प्रत्येक एक वर्षमा पदाधिकारी परिवर्तन गर्ने व्यवस्था रहेको संजालकी नवनियुक्त उपाध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.