|

इलाम : विभागीय टोली एपिएफ इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन झापा ११ लाई २–१ को अन्तरले हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो। खेल सुरु भएको ५४औँ मिनेटमा एपिएपmको तर्फबाट कप्तान नवीन लामाले गोल गरेका थिए। श्याम नेपालीको प्रहारलाई झापाका गोलरक्षक किरण चेम्जोङले पन्च गरेपछि पाएको अवसरलाई लामाले गोलमा परिणत गरेका थिए। जवाफमा झापाका भूषण सुब्बाले ५६औँ मिनेटमा गोल गरेर टिमलाई बराबरीको अवस्थामा पु¥याएका थिए। डी बक्सभित्र पाएको अवसरलाई सुब्बाले जाली चुमाएका थिए।

खेलको ६४औँ मिनेटमा एपिएफका युवराज खड्काले गोल गरेपछि सशस्त्रको जीत पक्का भएको हो। कप्तान नवीन लामाको क्रसलाई खड्काले विना गल्ती गोलमा परिणत गरेका थिए। माई भ्याली गोल्डकपको अघिल्लो दुई भेटमा झापाले एपिएफलाई पराजित गरेको थियो। दोस्रो संस्करणको फाइनलमा झापाले २–० ले एपिएफलाई पराजित गरेको थियो भने गत संस्करणको सेमिफाइनलमा झापा १–० ले विजयी भएको थियो। 

भोलि बुधबारको तेस्रो क्वार्टर फाइनल खेल पहिलो संस्करणको विजेता विभागीय टिम त्रिभुवन आर्मी र सिक्किम युनाइटेडबीच हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.