|

चीन : चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ। 

यसैबीच रेष्टुरेण्टमा आगजनी गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

प्रहरीले पक्राउ परेका ३२ बर्षीय लिउ चुन्लुले आफ्नो अपराधलाई स्वीकार गरेको बताएको छ। 

प्रहरीले भनेको छ, 'आगलागी हुनुभन्दा पैलै लिउले मदीरा सेवन गरेको र झगडामा सम्लग्न भएको स्वीकारेपनि उनले नै आगो लगाएका थिए कि थिएनन् थप अनुसन्धान अघि बढाइएको छ।'

आगजनीका कारण भएको आगलागीबाट रेष्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.