कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलामा मंगलवार साँझ आगलागी हुँदा रु तीन लाख बराबरको धनमाल नष्ट भएको छ। स्थानीय गोरख बहादुर थापाको घर–गोठमा र सुन्तली रोकायको टायलले छाएको घरमा अागलागी भएको हो।
आगोले दुई घर र एक गोठ जलेर नष्ट भएको छ भने गोठमा बाँधिएका गाई र बाच्छिको जलेर मृत्यु भएको छ।
आगलागीबाट दुबै घरभित्र राखेको अन्न, लताकपडा, जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए।
आगलागी प्रहरी चौकी झिलमिलाका प्रहरी र स्थानीयको प्रयासमा एक घण्टापछि नियन्त्रण गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।