|

काठमाडौं : फागुन २८ मा राजपत्रमा प्रकाशित राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ विपरीत सरकारले राष्ट्रिय योजना आयोगमा राजनीतिक नियुक्ति गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेलसहित अन्य छ जनालाई सदस्यमा नियुक्त गरेको हो। गठन आदेशविपरीत भएको नियुक्तिबारे जिज्ञासा राख्दा आयोगका उपाध्यक्ष कँडेलले सरकारको नियतमा खोट नभई बाध्यताका कारण यस्तो निर्णय भएको हुनसक्ने बताए। 

गठन तथा कार्यसञ्चालन आदेशमा नेपाल सरकारबाट नियुक्त कम्तीमा एक महिलासहित चार जनालाई आयोग सदस्यमा नियुक्त गर्नुपर्ने प्रावधान भएपनि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकारले सात जनालाई आयोगको सदस्यमा नियुक्त गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.