|

पर्वत : सहकर्मीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्ने रुपन्देही देवदह नगरपालिका ६ स्थायी घर भएका ४२ वर्षीय भीमबहादुर सुनार हुन्।

प्रहरीका अनुसार सुनारले गत वैशाख ८ गते राति जिल्लाको पैयुँ  गाउँपालिका ४ मा यामबहादुर हिताङको निर्माणाधीन घरमा सँगै बसेर र‌ंगरोगन गर्ने भारतको बिहारका सन्तोष साहलाई हत्या गरेका हुन्। 

मादक पदार्थ सेवन गरी सामान्य झैझगडामा सुनारले साहमाथि कुटपिट गरी निर्माणाधीन घरको दोस्रो तल्लाको बरण्डाबाट धकेलेर भुईँमा खसालेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिए।

उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजामा साहको मृत्यु भएको थियो। आरोपी  सुनारलाई तत्काल  इलाका प्रहरी कार्यालय हुवासको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पेस गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.