|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पदवहाली गर्दा गरेको पहिलो निर्णय अनुसार सरकारले बुधबार (आज) बाट राजश्‍वमा विद्युतीय भुक्तानीको काम सुरुवात गरेको छ। उनले बैशाख एक गतेबाट राजश्‍वमा विद्युतीय भुक्तानी दिने निर्णय लिएता पनि १२ दिन ढिला गरी सुरुवात भएको हो।

बुधबार करदाता सेवा कार्यलय ठमेलका प्रमुखले 'आइडि पासवर्ड उपलव्ध गराएर अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्‍वमा विद्युतीय भुक्तानीको सुरुवात गरेका छन्। पहिलो चरणमा सिमित रकम र एउटा कार्यालका करदाताले मात्रै यो सेबा उपयोग गर्न पाँउने भएका छन्। जस अन्तर्गत ठमेल करदाता सेवा कार्यलबाट एक लाख भन्दा कम रकममा राजश्‍व बुझाउने सेवा ग्राहीले यो बुधबारबाट यो सेवा पाएका छन्।

यी करदाले अब बैंकमा जाने भौचर भर्ने, गुड फर पेमेन्टको नाममा रकम भेरीफाइ गर्नु पर्ने जस्ता कार्य गर्नु पर्ने छैन। यदि खातामा राजस्व बुझाउन प्रायप्त रकम छ। र विद्युतीय कारोबार गर्न दक्ष भएमा घरमै बसेर काम गर्न राजश्‍व बुझाउन सकिने छ।

महालेखा नियन्त्रक कार्यालयमा उपमहालेखा नियन्त्रक यदु भट्टराईका अनुसार आगामी असार मसान्त  भित्र सबै करदाता सेवा कार्यलयका करदाताले विद्युतीय भुक्तानी गर्न पाउने छन्। त्यस्तै रकमको निश्‍चितता हुने छैन।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आइपिएस) मा रहेका र खाता म्याच गराएका छ वटा बैंकबाट मात्रै यस्तो सुविधा दिएको छ। साउनदेखि भने जुनसुकै बैक खाता वा अन्य विद्युतीय प्रणाली मार्फत पनि राजश्‍व बुझाउ सक्ने गरी प्रविधी तयार गरिएको भट्टराईले बताए।

राजश्‍व बुझाउदा यी तरिका प्रयोग गर्नुस

१-यदी तपाईले करदाता सेवा कार्यलय ठमेलको करदाता हो भने कनेक्ट आइपिए डटकम खोल्नुस त्यहा युजर नेम बनाएर मागे अनुसारको विवरण पेस गर्नुस्। आफ्नो युजर नेम बनाएपछि आफ्नो मोबाइल नम्बर र इमेल आइडी प्रमाणिकरण गर्नुस्।

२-नम्बर र इमेल प्रमाणिकरण गरेपछि कनेक्ट आइपिएस लगइन गरी आफ्नो बैंक खाताको विवरण भर्नुस्। उक्त विरवरण फारम डाउनलोड गर्नुस्।

३-परिचय खुल्ने र सम्वन्धित बैंकलाई मान्य हुनेगरी आफ्नो बैंकमा विवरण पेस गर्नुस। फारम उल्खेख गरिएको बैंक खाता आफ्नो बैंकबाट पुन: एक पटक प्रमाणिकरण गरेपछि तपाईले सधै घरमा बसेर राजश्‍व बुझाउनु सकन्नुहुनेछ।

यसरी राजश्‍व बुझाउनको लागि पनि महालेखा नियन्त्रकको कार्यालयले तीन वटा सुविधा दिएको छ। माथिका विधीहरु पूरा गरेर सोझै घरमा बसेर राजश्‍व बझाउन सक्नुहुने छ। दोस्रो तपाई आफ्नो बैंकमा गएर क्यास बुझाएर पनि राजश्‍व दिन पाँउन सकिने व्यवस्था पनि गरिएको छ।

 त्यस्तै तपाईसँग इमेल आइडी पनि छैन। अन्तर बैंक कारोबार आइपीएस आइडी पनि छैन भने साइवरमा गएर आफ्नै विवरण बुझाइ कर तिर्न सक्ने व्यवस्था पनि गरिएको छ।

पाँच दिनको काम पाँच मिनेट

यसरी घरमै बसेर राजश्‍व बुझाएको पाँच मिनेट सरकारी खातामा रकम आउने छ र करदाताले तिरेको कर प्रमाणित हुने छ। यस अघि कुनै पनि करदाताले कर बुझाउने क्रममा बैंकमा जानै पर्ने हुन्थ्यो। बुझाएको रकम 'गुड फर पेमेन्ट' को लागि दुईदेखि तीन दिन बैंकले रोकिदिन्थ्यो भने चेक प्रमाणित गर्नु पर्ने हुन्थ्यो। यी काम गर्नको लागि तीन दिनदेखि पाँच दिनको अवधि लाग्थ्यो भने पटक पटक बैंकमा गइरहनु पर्ने बाध्यता थियो।

त्यस्तै सार्वजनिक विदा नभएको दिन र बैंक खुलेको समय अवधिभरमा मात्रै तपाईले राजश्‍व तिर्न पर्ने बाध्यता थियो। विद्युतीय भुक्तानी गरेपछि भने बढी पाँच मिनेटमा प्रकिया पूरा गर्न सकिने र चाहेको बेला तिर्न सकिने बताउछन् उपमहालेखा नियन्त्रक युदु भट्टराई।

सेवाग्राही कर्मचारीको भेट बन्द

अर्थमन्त्री डा. युवराज खतिवडाले सेवाग्राही र प्रशासकको प्रत्यक्ष भेट आवश्‍य नरहेको भन्दै यस्तो सिस्टम लागू भएपछि समस्या निरकारकण हुने बताएका छन्। 'इ गभरमेन्ट भनेको यही हो डकुमेन्ट पुगेन भने नेटकै पहुँचबाट यस्तो प्रमाण जुटाउनु पर्‍यो भन्ने कुरा बेग्लै हो तर यसरी काम गर्दा सेवाग्राहीले प्रशासक र प्रशासकले सेवाग्राही चिन्ने छैन'। उनले सहज रुपमा सेवाग्राहीले प्रयोग गर्न सकन्ने गरी वेव बनाउने पर्ने समेत बताएका छन्।

राजश्‍व सचिव शिशिरकुमार ढुंगानाले विद्युतीय भुक्तानी गर्दा राजश्‍वको दायारामा धेरै व्यक्ति आउने, उत्पादन मूल्य घट्नुका साथ लगानी मैत्री वातवरण श्रृजना हुने बताए।

सरकारले यसअघि सरकारले तर्फबाट जाने भुक्तानीमा समेत विद्युतीय भुक्तानीको सुरुवात गरेको छ। हालसम्म विद्युतीय २६ जिल्लामा यस्तो भुक्तानी सुरूवात गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.