|

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा बुधबार बिहान एलपी ग्यासको बुलेट दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। भारतबाट पोखरातर्फ आउँदै गरेको एमएलओ १ एए ०१०१ नम्बरको एलपी ग्यास बुलेट दुर्घटना भएको हो।

ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ग्यास बुलेट चालक भारत घर भएका २२ वर्षीय छोटुलाल रुमार र सहचालक २१ वर्षीय नितेश कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मल्लका अनुसार घाइते दुवैको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ।

उक्त बुलेट दुर्घटना पछि १८ टन ग्यास उडेको प्रहरीको अनुमान छ।

पल्टिएको बुलेटमा आगलागी हुनसक्ने भनेर जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.