|

सुर्खेत : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले सरकारले गरेको सिण्डीकेट सम्बन्धी निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् 
भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घघाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यातायात व्यसायीहरुले जनतालाई सेवा भन्दा सास्ती दिएर यातायात क्षेत्रमा सिण्डीकेट लादेको आरोप लगाए । मन्त्री यादवले आन्दोलन गरेर सरकारलाई झुकाउने भ्रम कसैले नराख्न चेतावनी दिए।

जनतालाई सेवा दिने नाममा यातायात क्षेत्रमा देखिएको अराजकताको अन्त्य गर्न सरकारले सिण्डीकेट तोड्न लागेकाले आफ्नो कदमबाट सरकार विचलित नहुने र सिण्डीकेट हटाएरै छाड्ने मन्त्री यादवको भनाई छ।

मन्त्री यादबले यातायात व्यवसायीलई सरकारको निर्णय कार्यन्वयनमा सरारलाई सघाउन आग्रह गरे । यादबले भने “सरकारले गरेको निर्णयले व्यवसायीलाई नै फाईदा हुन्छ किन आन्दोलन गर्ने, नियम कानुन को पालना गर्न सबैलाई आग्रह गर्दछु, गर्नु पर्दछ ।”


उनले भने ‘आफ्नो फाईदा का लागी जनतालाई सास्ती दिने कसैले गर्नु हुदैन, त्यस्तो भएमा सरकार हेरेर बस्दैन् । सरकारले कुनै पनि बेथितीलाई स्वीकार गर्न सक्दैन ।’

सरकारले जनताको पक्षमा जुनसुकै मुल्यमा पनि काम गर्ने बताए ।

अहिलेको सरकारको मुख्य लक्ष्य देशको आर्थिक सम्बृद्धी गर्नु नै रहेको यादवको भनाई छ । भ्रष्टचार हटाउन सरकारले कुनै पनि कुरामा सम्झौता नगर्ने यादबले बताए ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.