|

नेपाल–भारत प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराईले नेपाल, भारत र चीनसँगको त्रिदेशीय साझेदारीबाट नेपालले लाभ लिने बताएका छन्। एमाले नेता समेत रहेका भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि त्रिदेशीय साझेदारीके विषयमा छलफल हुने पनि स्पष्ट पारे। 

उनले चीन र भारतबीच नेपालबारे बहस हुनु नेपालको लागि खुसीको कुरो भएको पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीको नेपाल अघि चीन भ्रमण हुन लागेको दावी पनि गरे। 

उनले केपी ओली नेतृत्वको सरकारले भारत र चीनबाट लाभ लिने गरी कुटनीतिक सम्बन्ध अघि बढाएको पनि बताए। दुवै मुलुकलाई विश्वासमा लिएर मुलुकलाई समृद्ध बनाउन सकिने नेता भट्टराईको छ।

नेता भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे। उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा विगतमा भएका सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने विषयमा जोड दिन सरकारलाई सुझाव पनि दिए। भारतीय प्रधानमन्त्री मोदी यही बैशाख २८ गते नेपाल भ्रमणमा आउने कार्यक्रम तय भईसकेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.