|

सिन्धुपाल्चोक : गोर्खाको बारपाक केन्द्रविन्दु भएर ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको आज तीन वर्ष पूरा भएको छ। ७२ साल वैशाख १२, १३ र २९ गतेलाई फर्केर हेर्दा जोकोहिको पनि मन थामिन सक्दैन्। विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत गाउँबस्तीको अवस्थापूर्ण रुपमा पूर्ववत् अवस्थामा फर्कन सकेको छैन।  

भूकम्पले सिन्धुपाल्चोकलाई निमेषमै गल्र्यामै ढालेको थियो। जुन चोटबाट विस्तारै धर्मराउदै उठ्ने क्रममा छ सिन्धुपाल्चोक। भूकम्पले १४ जिल्लामा क्षति पुर्‍याएको थियो। जसले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा पुर्यो। भूकम्पपछि सिन्धुपाल्चोकमा बस्न लायक कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्न लाएक रहेका थिएनन्। पूर्ण रुपमा ध्वस्त भएको सिन्धुपाल्चोक विस्तारै शुन्यबाट तङ्ग्रीन थालेको छ । 

निजी आवासतर्फ सिन्धुपाल्चोकमा ८६ हजार ५ सय ३७ ले अनुदान सम्झौता गरेर दोस्रो किस्ता वापतको रकम लिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयसँग तंथ्याक छ। अनुदान सम्झौता गरेकामध्ये ६६ हजार १ सय ४५ ले मात्रै घर निर्माण सुरु गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख टंक गौतमले जानकारी दिए। 

गौतमका अनुसार घर निर्माण सुरु गरेकामध्ये ६२ हजार १ सय ५१ पीडितले दोस्रो किस्ता वापतको रकम लिइसकेका छन्। भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत सिन्धुपाल्चोक जिल्लाका १४ हजार ७ सय ७३ जनाले मात्र तेस्रो किस्ता लिएका छन्। गौतमका अनुसार सिन्धुपाल्चोकमा पछिल्लो समय पुननिर्माणमा तिव्रता पाएको छ।

के भएको थियो क्षति ? 

जिल्लामा भूकम्पमा परी तीन हजार पाँच सय ७० जनाले अकालमा ज्यान गुमाएका थिए भने एक हजार पाँच सय ६५ घाइते भएका र आठ जना अहिलेसम्म बेपत्ता नै रहेका छन्। 

भूकम्पबाट ९५ भौतिक संरचना ध्वस्त भएको जिल्ला दैवी प्रखोप उद्धार समितीले जनाएको छ। ६६ हजार चार सय ४८ घरघुरि मध्ये ६२ हजार एक सय ४५ घर तथा निजी भवन ध्वस्त भएका थिए। भने ५४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन्। यसैगरी, ७५ स्वास्थ्यचौकी, एक सय ९५ किमी सडक, १३ पुल र छ सय ९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितीले उल्लेख गरेको छ। 

खर्चको आकलन नै छैन 

विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा राहत, उद्दार र पूननिर्माणमा सहयोग पुर्‍याउँने भन्दै धेरै गैरसरकारी संस्थाले प्रवेश गरे। भूकम्प गएको तीन वर्षमा गैरसरकारी संस्थाले के कति खर्च गरे भन्ने जिल्ला प्रशासन कार्यालयलाई समेत कुनै जानकारी छैन। पीडितको नाममा संघसंस्थाले आर्थिक ब्रह्महलुट मच्चाइरहदाँ स्थानीय प्रशासन निरीह बनेको छ। 

भूकम्प पश्चात् आकस्मिक राहतको नाममा मात्र संघसंस्थाले गरी भूकम्पपीडितका लागि चार अर्ब खर्च गरेको प्रशासनसँग डाटा छ। त्यसपछि भएको हालसम्म जम्मा कति खर्च भयो विवरण तयार गर्न सकेको छैन। सुरुकै अवस्थामा पनि तत्कालि प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले पीडितको नाममा ४६ अर्ब खर्च भएको देखाएका थिए। चौतर्फी आलोचनाको अवस्था सिर्जना भएपछि दुवाडीले मात्र चार अर्बको खर्च विवरण तयार गरेको थिए। 

सुरुकै रेसियोमा हेर्ने हो भने पीडितको नाममा यति खर्च भयो भन्ने आँकलन लगाउँन सक्ने अवस्था छैन। आगामी दिनमा छिट्टै संघसंस्थाको आर्थिक हिसाब सार्वजनीक गर्ने तयारीमा रहको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। तर, अहिलेसम्म संघसंस्थाले के कति पैसा पीडितको नाममा खर्च गरे भन्ने हिसाव देखाउन सकेको छैन।

सेभ द चिल्ड्रेन, वल्र्ड भिजन, यूएनडीपी, युनिसेफ, प्लान इन्टरनेसनललगायतका संघसंस्थाले जिल्ला समन्वयय समितिसँग कार्यक्रमको बजेट उल्लेख गरेनन्। उनीहरु अहिले आफ्नो कार्यक्रम सम्पन्न गराएर फर्किसकेका छन्।

झिनो रकम वितरण 

भूकम्पपछि आकस्मिक उद्धार तथा राहतका लागि जिल्लामा धेरै संघसंस्था भित्रिए। उनीहरुले भूकम्पपीडितलाई जिविकोपार्जन भन्दै सानो–सानो रकम वितरण गरिरहे। कसैलाई तराकारी खेती, कसैलाई पशुपालन त कसैलाई साना व्यापारका लागि भन्दै पाँच दश हजार छरेर पीडितलाई भूलाइरहेका छन्।

आ–आफ्नो स्वार्थमा संस्था

आकस्मिक उद्धार तथा राहतका लागि जिल्ला भित्रिएका सय भन्दा धेरै संघसंस्था भित्रिएका थिए। आकस्मिक चरणमा नै उनीहरूले चार अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। तर, अर्बौं रकम खर्च भइसक्दा भूकम्पपीडितको अवस्थामा देखिने गरी कुनै सुधार भने भएको छैन।

जिल्लामा कार्यरत संस्थाहरुले हालसम्म कति खर्च गरे अनि कति खर्च गर्ने योजनामा छन् भन्नेमा जिल्ला दैवी प्रकोप उद्धार समिति स्वयं बेखबर छ। उनीहरूले कुन ठाउँमा के काम गरे अनि सम्झौताअनुसार काम गरे गरेनन् भन्ने कुरा अझै अन्योलमा छ।

सेभ द चिल्ड्रेन, वल्र्ड भिजन, यूएनडीपी, युनिसेफ, प्लान इन्टरनेसनललगायतका संघसंस्थाले जिल्ला समन्वयय समितिसँग कार्यक्रमको बजेट उल्लेख गरेनन्। उनीहरु अहिले आफ्नो कार्यक्रम सम्पन्न गराएर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.