|

दाङः दाङमा एकै वर्षमा झण्डै १२ सय जना क्षयरोगका बिरामी बढेका छन्। 

दाङका विभिन्न शहरमा वर्षेनी नयाँ बिरामीहरु थपिने गरेको जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग विभागका अधिकृत डम्बर बहादुर कुवरले जानकारी दिए।

अधिकृत कुवरका अनुसार विरामीको ६ महिनासम्मको उपचार हुने भएकाले पुराना विरामीहरु निको हुँदै जाने र नयाँ विरामीहरु थपिदै जाने गर्दा वर्षेनी १२ सयभन्दा बढि विरामीहरु थपिने गरेका छन्। क्षयरोग बच्चादेखि बृद्धसम्मकालाई लाग्ने गरेता पनि २५ देखि ५० वर्षसम्मकालाई क्षयरोगका बिरामी बढ्ने गरेको उनले बताए।

गत आर्थिक वर्ष ०७३/७४ मा जिल्ला भरी १२ सय जना क्षयरोगीहरु भेटिएका थिए भने आर्थिक वर्ष ०७४/७५ चैत्र महिना सम्ममा आठ सयभन्दा बढी विरामीहरु थपिएका छन्। बढ्दो शहरीकरण र मानिसहरुको बढी आवत–जावत हुने र तिनीहरुको श्वास–प्रश्वासका कारणले क्षयरोगीहरु वर्षेनी बृद्धि हुने गरेको अधिकृत कुवरले जानकारी दिए।

सबैभन्दा क्षयरोगका विरामीहरु घोराही बजारमा भएको उनले जानकारी दिए। त्यसपछि तुलसीपुर, नारायणपुर, देउखुरी क्षेत्रमा लालमटियां र सिसहनीयांमा क्षयरोगीका विरामीहरु भेटिएका कुवरले बताए। क्षयरोगका विरामीहरुलाई डर्स विधिवाट स्वास्थ्यकर्मीको निगरानीमा निःशुल्क उपचार हुँदै आएको जिल्ला जनस्वास्थ्यले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.