|

काठमाडौं : पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दो छ। तर, दलित समुदायका महिला बलात्कृत हुँदा सार्वजनिक हुन नसकेको एक अध्ययनले देखाएको छ। 
स्थानीय तहका दुई दलित महिला जनप्रतिनिधि बलात्कृत हुँदासमेत घटना सार्वजनिक भएको अध्ययनले देखाएको हो। 

जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनमका अनुसार बलात्कारका घटना हुँदा दलित महिला को पनि उत्तिकै रहेकोे तथ्यांकले उल्लेख छ। हाल भइरहेका बलात्कारका घटनामा जनजाति समुदायका महिला पनि उत्तिकै पीडित हुने गरेका छन्।

२०७३ मा ७ सय ९२ वटा बलात्कारका घटना भएकामा ३४ प्रतिशत जनजाति, १९ प्रतिशत दलित, १८ प्रतिशत क्षेत्री, ९ प्रतिशत ब्राह्मण, ६ प्रतिशत मधेशी, ४ प्रतिशत मुस्लिम र ९ प्रतिशत महिलाको पहिचान हुन नसकेको पाइएको छ। 

सेन्टरका अनुसार स्थानीय निकायमा निर्वाचित दुई जना दलित महिलाको बलात्कृत भएका छन्। एक वर्षको अवधीमा तीन जना दलित महिला सदस्य हत्या भएको उल्लेख गरिएको छ। 

बुधबार काठमाडौंमा आयोजना गरेको ‘बालबालिका, बलात्कार र दलित महिला’ विषयक मिडिया संवादमा कार्यक्रममा सहभागीहरुले पछिल्ला दिनमा दलितहरुप्रति छुवाछुतका घटना बढ्दै गएको र त्यसमा पनि दलित महिला बलात्कृत हुनु परेकोमा चिन्ता व्यक्त गरे। 

प्रतिनिधिसभा सदस्य निरा जैरुले स्थानीय तहका उपप्रमुखहरुले न्यायालय हेर्ने भएकाले उनीहरुले निक्कै सुझबुझका साथ काम गर्नुपर्ने बताइन्। जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीलगायतले दलित समुदायका महिला थप हिंसामा पर्ने गरे पनि न्याय पाउन नसकेकोमा गुनासो गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.