|

काठमाडौं : ओपोको नयाँ स्मार्ट फोन (एफ-सेभेन) विक्रि वितरण सुरु गरेको छ। मंगलबारबाट नेपाली बजारमा भित्र्याएको मोबाइल बुधबारबाट विक्रि सुरु गरेको हो। 

फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट (अगाडि) क्यामेराको प्रयोग गरिएको छ। यसमा एआई ब्युटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्स पनि उपलब्ध गरिएको छ। नयाँ ओपो एफ-सेभेनले सेल्फिको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रक्रियालाई थप रमाइलो र रोचक बनाउने बताइएको छ।

२५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफ-सेभेनबाट खिचिएका फोटो उज्यालो तथा छायाँ परेको स्थान दुबै अवस्थामा चहकिलो पार्न उच्च ल्यूमिनेन्स रेञ्जको व्यवस्था गरिएको छ। त्यसैगरी तस्विरलाई थप विस्तृत, चहकिलो र जीवन्त बनाउन यसमा पिक्सेलको कन्ट्राष्ट र कलर रेञ्जमा समेत वृद्धि गरिएको जनाइएको छ। 

फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ। यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्वीरलाई वर्गीकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्ने दाबी छ। 

ओप्पो एफ-सेभेनको न्युनतम् मूल्य ३६ हजार ५९० र अधितम मूल्य ४६ हजार ५९० रुपैयाँ छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.