|

इलाम : विभागीय टोली त्रिभुवन आर्मी इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनल पुगेको छ। बुधबार सम्पन्न खेलमा पाहुना टोली युनाटेड सिक्किमलाई ३–१ गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

आर्मीको जीतमा दिनेश हेमजन, नवयुग श्रेष्ठ र भरत खवासले गोल गरेका थिए भने सिक्किमका इन्द्रजित क्षेत्रीले सान्तवाना गोल फर्काएका थिए। पहिलो हाफको १५औँ मिनेटमा क्रस बललाई सदुपयोग गर्दै हेमजनले आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए।

दोस्रो हाफको ७१औँ मिनेटमा सिक्किमका करन राईले डिबक्स बाहिरबाट हानेको फ्रिकिकलाई हेडरमार्फत सदुपयोग गर्दै इन्द्रजित क्षेत्रीले खेल बराबरीमा ल्याएका थिए। खेलको ७६औँ मिनेटमा सिक्किमका गोलरक्षक पिन्सो शेर्पा बिट भएको अवस्थामा नवयुगले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। 

दोस्रो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको पासलाई पेनाल्टी एरिया बाहिरबाट भरत खवासको प्रहारले जाली चुमेपछि आर्मी ३–१ गोल अन्तरको जीत निकाल्दै उपाधिको दावेदार मनाङ मस्र्याङदीसंग सेमिफाइनल आफ्नो भेट पक्का गरेको हो। 

खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित बन्दै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे। प्रतियोगिता अन्र्तगत अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस र थ्री स्टार आमनेसामने हुँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.