तनहुँ : शुक्लागण्डकी नगरपालिका दुलेगौँडास्थित सेती नदीमा बुधबार एक महिलाको शव फेलापरेको छ। नदीले बगाएर ल्याएको मृत अवस्थामा उक्त शव फेलापरेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ।
उक्त शव पोखराबाट ४८ वर्षीया एक महिला हराइरहेकाले उनैको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। उनका अनुसार महिलाको शव बुधबार बिहान स्थानीयले देखेपश्चात प्रहरीलाई खबर गरेका थिए।
शवको पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।