|

गुल्मी : धुर्कोट गाउँपालिका- ३ मा आगलागीमा परी एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

स्थानीय कृष्णबहादुर पुनको बंगालो घरमा मगंलबार राती अचानक सल्केको आगोमा परी धुर्कोट गाउँपालिका- ३ हाडहाडे निवासी ६० वर्षीय कृष्णबहादुर पुनको मृत्यु भएको हो ।

स्थानीयहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको छ। आगलागीबाट पुनका एक भैँसी, दुई बाख्रा र दुई तले बगांलो घर , त्यहाँ रहेका अन्नपात जल्दा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।

पुन शारीरिक रूपमा अशक्त र अविवाहितसमेत रहेको यादवले बताए। आगलागीमा परी मृत्यु भएका पुनको शव जिल्ला अस्पताल गुल्मीमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ। आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.