|

संखुवासभा : पाँचखपन नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत र नायव सुब्बाले वडा सचिवको नाममा आफू खुशी चेक काटेर रकम निकालेको खुलासा भएको छ। सोही वडाको १ र २ का सचिव रामप्रसाद रेग्मीको नाममा बिना जानकारी कार्यकारी अधिकृत तेजेन्द्र गौतम र नायव सुब्बा प्रेमबहादुर श्रेष्ठले पाँच लाख रुपैयाँको चेक काटेर रकम लिएको खलेको हो।

सामाजिक सुरक्षा भत्ताको पाँच लाख रुपैयाँ आफ्नो नाममा भुक्तानी गरेको भौचर फेला पारेपछि अचम्ममा परेको सचिव रामप्रसाद रेग्मीले बताए। वडा सचिव रेग्मीको नाम राखी अगाडि कार्यकारी अधिकृतको सही र पछाडि नायव सुब्बाले सही गरेर रकम लिएको खुलेको हो। 

आफूलाई जानकारी नै नदिइ आफ्नो नाममा नायव सुब्बाले पाँच लाख रुपैयाँ निकाले भन्दै सचिव रेग्मीले नगर समितिको बैठकमा आपत्ति जनाएका थिए। उनीहरुले कार्तिक ६ गते आफ्नो नाममा रकम निकालेको भौचरबाट थाहा पाएको उनले जनाकारी दिए। ५ गते बैठक बस्ने थाहा पाएपछि नायव सुब्बा श्रेष्ठले ५ लाख र लेखाअधिकृत भण्डारीको पेश्की फर्स्योट हुन बाँकी २ लाख ८० हजार वैशाख ४ गते नै बैंक जम्मा गरेको नगरपालिकाले स्रोतले जनाएको छ। 

नगरपालिकाको सामाजिक सुरक्षा भक्ता शीर्षकको आएको दोस्रो चौमासिकको ९५ लाख रुपैयाँमा जनप्रतिनिधिहरुले बाँडेको ८७ लाख २० हजार रुपैयाँ भत्ताबाट बाँकी रहेको रकम खर्च हुन सकेका छैनन्। उनीहरूले पेश्की फर्स्योट नगर्दा मंसिर यता सामाजिक सुरक्षा भक्तासमेत वितरण गरिएको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.