|

बारा : गृहमन्त्री राम बहादुर थापाले बलात्कार घटना विरुद्ध सरकार कठोर हुने बताएका छन्। बाराको सिमरा विमानस्थलमा प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रूपमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थापाले बलात्कारको घटना न्यूनीकरण गर्न अभियानसमेत चलाइने बताए।

सिन्डिकेटमा सम्झौता हुँदैन

गृहमन्त्री थापाले यातायात क्षेत्रको सिण्डिकेट हटाएर छाडिने बताए। सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन गराउन सरकारले सिन्डिकेट हटाइने बताए। ‘सरकार निर्णयबाट पछि हट्दैन’, मन्त्री थापाले भने,‘जनताको पक्षमा भएको निर्णय फिर्ता हुँदैन्।’

गृहमन्त्री थापा जीतपुरसिमरा उपमहानगरपालिका–३ रामबनका कृषक दम्पती हत्याको अनुसन्धान भइरहेको र त्यसमा सरकार गम्भीर रहेको बताए । दम्पतीको पाँच महिनाअघि गाई फर्ममा हत्या भएको थियो।

भूमिगत संगठनलाई छाड्दैनौं

मन्त्री थापाले तराईमा भूमिगत समूहको नाममा अपराध गर्नेलाई नियन्त्रणमा लिइने बताए। पछिल्लो समय तराईमा अपराधका घटना बढेको बारे सञ्चारकर्मीले राखेको जिज्ञासमा गृहमन्त्री थापाले यस बिषयमा सरकार गम्भीर रहेको बताए।

‘यस्ता समूहलाई मूलधारमा आउन आग्रह गर्छौँ’, मन्त्री थापाले भने,‘सरकारको आग्रह नमाने कडा रूपमा अघि बढ्छौँ ।’ उनले सीमा अपराध रोक्न सीमा सुरक्षा योजना ल्याउने बताए।

मन्त्री थापाले एमाले-माओवादी एकता केही दिनमा घोषणा हुने जानकारी दिए। 'एकतामा केही समस्या छैन,’ मन्त्री थापाले भने,‘घोषणा गर्न धेरै समय लाग्दैन।’ बारामा छोटी भन्सार सञ्चालनमा ल्याउन पहल भइरहेको बताए।

प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

बाराको सिमरामा प्रदेश २ स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको बताए। ‘चुनौतीपूर्ण अवस्थाको सामाना गर्न आवश्यक सुरक्षा रणनीति बनाउनेछ,’ मन्त्री थापाले भने,‘यसमा गृह मन्त्रालय गम्भीर छ।’

गृहमन्त्री थापाले प्रदेश २ मा खुल्ला सीमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या बढी देखिने गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.