|

सोलुखुम्बु : सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप नि:शुल्क प्राप्त भएको छ। कम्प्युर कक्षा सञ्चालनको लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राईले बताए।

उनका अनुसार क्यानेडियन नागरिक मेरी कृस्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तराण गरेकी हुन्।

विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएकी क्यानेडियन नागरिक मेरी कृस्टिलेरोसले यस शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने गरी कम्प्युटर उपलब्ध गराएको प्रधानाध्यपक राईले बताए। कम्प्युटर कक्षाका लागि ६ कक्षादेखिमाथिका विद्यार्थीहरूले सहभागिता जनाउने  विद्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.