|

एबी डिभिलियर्सको विस्फोटक पारीलाइ छायामा पार्दै चेनई कप्तान महेन्द्रसिंह धोनीले आफ्नो टिमलाइ पाँचौ जित दिलाउँदै लिग अंक तालिकामा पुन शीर्ष स्थानमा पुर्‍याएका छन्। आईपीएलअन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा चेनइ ५ विकेटले विजयी बन्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। जवाफमा चेन्नइले उक्त विशाल लक्ष्य २ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्‍याे।

बैंगलोरलाई विशाल स्कोरमा पुर्‍याउने क्रममा ३० बलमा ६८ रनको सानदार अर्धशतकीय पारी खेले भिलियर्सले आफ्नो इनिङमा ८ छक्का र २ चौका प्रहार गरेका थिए। त्यस्तै डिककले ३७ बलमा ५३ रनको अर्धशतकीय पारी खेले। बैंगलोरका लागि मन्दीप सिंहको ३२ रन बनाउँदा वासिंगटन सुन्दरले ४ बलमा १३ रन बनाएका थिए।

२ सय ६ रनको विजयी लक्ष्य लिए मैदानमा उत्रिएको चेन्नइले अम्बाती रायडु तथा कप्तान महेन्द्र सिंह धोनीको कप्तानी पारीमा दुई बल अगावै जित निकाल्यो। रायडुले संयमित पारी खेल्दै ५३ बलमा ८ छक्का र ३ चौकाको सहयोगमा ८२ रन बनाएका थिए। त्यस्तै कप्तान धोनीले ३४ बलमा ७ छक्का र एक चौकाको मद्दतमा ७० रनको अविजित पारी खेल्दै क्रिजमा फर्किए। त्यस्तै ड्वेन ब्राभोले ७ बलमा १४ रन बनाए।

जितपछि ६ खेलबाट चेन्नइ १० अंकका साथ लिगतालिकाको शीर्ष स्थानमा रहेको छ। पञ्जाव दोस्रो स्थानमा रहँदा हैदरावाद तेस्रो तथा कोलकाता चौथो नम्बरमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.