|

ओखलढुङ्गा :  २०७२ सालको भूकम्प चौथो वर्षमा प्रवेश गर्दा ओखलढुंगा पुनर्निर्माणका हिसाबले दोस्रो स्थानमा रहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार निर्माण पूरा भएका घरको तथ्यांक हेर्दा अति प्रभावित १४ जिल्लामध्ये रसुवा प्रतिशतका आधारमा पहिलो स्थानमा छ।

यसअघि, ओखलढुंगा जिल्ला निरन्तर पहिलो स्थानमा थियो। २०७२ साल वैशाख १२ गते गएको भूकम्पले ओखलढुंगाकोे पूर्वी भेगका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएका थिए। जसको निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दा ओखलढुंगा दोस्रो स्थानमा रहेको हो। हालसम्म ओखलढुंगामा १६ हजार २ सय ७९ को संख्यमा घर निर्माण भइरहेका छन् । पानी परेसँगै ओखलढुंगाका किसानहरू खेती पातीमा लगेपछि पछिल्लो समय पुनर्निर्माणमा केही सुस्तता छाएर ओखलढुंगा दोस्रो हुन पुगेको हो।

इन्जिनियरहरु गाउँमा बस्नु, स्थानीय निकायहरूले पनि राम्रोसँग यो विषयमा खट्नु, गैरसरकारी संस्थाले सहयोग गर्नु, जनता सुसूचित हुनु, चाँडै गनुपर्छ, भनी प्राधिकरणले समयसीमा तोक्नु, कामदारहरु जिल्लाभित्र र बाहिरका उल्येख्य मात्रामा हुनुका कारण ओखलढुंगाले पुनर्निर्माणमा यो गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलको भनाइ छ।

खरेलका अनुसार निजी आवास निर्माणमा दोस्रो किस्ताका लागी अहिले कुल लाभग्राहीमध्ये ८४ प्रतिशत अर्थात् १६ हजार २ सय ७९ घर निर्माणको चरणमा छन्। १५ हजार ८ सय २८ को दोस्रो किस्ता सिफारिस भइसकेको छ। तेस्रो किस्ताका लागि ५ हजार ६ सय ८९ जनाले अनुदानको तेस्रो किस्तासमेत लिएर घर निर्माण सकिसकेका छन्।

भूकम्पलगत्तै गएको इञ्जिनियरको टोलीले घरघरमा गएर ३६ हजार ४ सय ८० घर सर्वेक्षण गरेको थियो। जसमा २० हजार १ सय ६८ पूर्णरुपमा नष्ट भएका थिए। ओखलढुंगामा भूकम्पपछि सरकाले गरेको सर्वेक्षणमा  लाभग्राहीको सख्या २० हजार १ सय ६८ परिवारका घर क्षति भएको प्रतिवेदन तयार गरेको थियो। त्यसमध्ये पहिलो किस्ताका लागि अनुदान सम्झौता भएका १९ हजार ९ सय ७० घरधुरीमध्ये १९ हजार १ सय ५६ जनाले पहिलो किस्ताबापतको ५० हजार रकम बुझिसकेको कार्यलयले जनाएको छ।

भौतिक संरचनामा सरकारी र गैरसरकारी संस्थाको सहयोगमा १२६ विद्यालय पुनर्निर्माण भइरहेका छन्। विद्यालय व्यवस्थापन समितिमार्फत ९४ भवन र एसियाली विकास बैंकको सहयोगमा १९ वटा विद्यालय निर्माणकै चरणमा छन् । यसैगरी, युनिसेफले १३ विद्यालय निर्माण गरिरहेको छ। १० वटा स्वास्थ्य चौकी निर्माण भएका छन् भने खानेपानी कार्यालयले भूकम्पले क्षति पुगेका ४४ वटा खानेपानी योजनाको पुनर्निर्माण गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.