|

इलाम : इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार अन्तिम क्वार्टरफाइनल खेलमा रुस्लान थ्रीस्टार र विभागीय टिम नेपाल पुलिस आमनेसामने हुँदै छन्।

ठूलो टँुडिखेलमा हुने खेलमा पहिलो संस्करणको उपविजेता थ्रीस्टार र पुलिस दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। पहिलो संस्करणको माइभ्यालीमा सहभागी थ्रीस्टारले पुलिसलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। पहिलो संस्करणमा थ्रीस्टारलाई आर्मीले सडनडेथमा  हराउँदै उपाधि जितेको थियो।  पुलिस गत संस्करणमा सेमीपmाइनलमा त्रिभुवन आर्मीसँग २–० ले पराजित भएको थियो। 

थ्रीस्टार र पुलिस पछिल्लोपटक रुपन्देहीमा सम्पन्न २०आँै तिलोतमा गोल्डकपमा आमनेसामने भएका थिए। जसमा पुलिस २–० ले पराजित बन्दै उपविजेता बनेको थियो। पछिल्लोपटक पुलिसले राखेप च्याम्पियनसिपमा त्रिभुवन आर्मीलाई ट्राइबेकरमा हराउँदै उपाधि जितेको थियो भने थ्रीस्टारले समेत आर्मीलाई हराउँदै विराट गोल्डकपको उपाधि जितेको थियो।

 पुलिस दुर्गापुरस्टिल कोलकतालाई ३-१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो भने थ्रीस्टार बाई पाउँदै क्वार्टरफाइनल भिड्न लागेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.