|

कालीकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाकाले शैक्षिक सुधारका लागि १२ वटा विद्यालय मर्ज गरेकाे छ। अस्थायी अध्यायन अनुमति लिएर हचुवामा कक्षा सञ्चालन गरिरहेका १२ सामुदायिक विद्यालयलाई मर्ज गरिएकाे हो।

भौगोलिक रूपमा नजिक तथा विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई मर्ज र दरबन्दीविनै सञ्चालित विद्यालयको तहगत अनुमति खारेज गरिएको छ। गाउँपालिकाले विद्यालय मर्ज तथा तह घटुवा गर्ने अभियान थालेको गाउँ शिक्षा समितिको सिफारिसमा गाउँ कार्यपालिकाले विद्यालय मर्ज तथा कक्षा कटौतीको निर्णय गरेका गाउँपालिकाका प्रवत्ता तथा शिक्षा विभाग प्रमुख गगन फडेराले बताए। ‘गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालय मर्ज गरेको छ।’ उनले भने,‘शिक्षालाई पहुँच सहज बनाउन शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि मर्जको नीति लिएको हो।’

गाउँपालिकाले एउटै वडामा रहेका ६ वटा विद्यालयलाई मर्ज गरेर तीनवटा विद्यालय कायम गरिएको दरबन्दीविनै अस्थायी अनुमति लिएर १० कक्षासम्म सञ्चालित र दरबन्दी अभावमा पठनपाठन गुणस्तरीय नभएको र समुदायलाई आर्थिक भार परेको हुँदा अस्थायी अनुमति खारेज गरिएका मर्ज गरिएको शिक्षा विभाग प्रमुख फडेराले बताए।

‘भौगोलिक रूपमा नजिक तथा विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई मर्ज र दरबन्दीविनै सञ्चालित विद्यालयको तहगत अनुमति खारेज गरिएको छ।’ उनले भने, ‘यसअघि शिक्षा कार्यालयले हचुवाको भरमा अनुमति दिने गरेको तर लामो समय दरबन्दी नदिँदा पठनपाठनमा समस्या देखिएको, विद्यार्थी संख्या पनि न्यून भएको हुँदा विद्यालय मर्ज तथा कक्षा कटौती गर्नुपरेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.