|

गोरखा : प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर वरपरका व्यापारीले भक्तजनलाई दुःख दिन थालेपछि सिसिटिभी क्यामेरा राखेर निगरानी गर्न थालिएको छ। मनकामना केबलकारको माथिल्लो चेरेश स्टेशनबाट झर्ने वित्तिकै व्यापारीले भक्तजनलाई व्यापारका लागि जबरजस्ती गर्ने गरेको भक्तजनबाटै गुनासो आउन थालेपछि शहिद लखन गाउँपालिका र गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार ईकाइले सीसीटिभए क्यामेरा राखेका हुन्। 

‘दर्शन गर्न मनकामना मन्दिर आउने भक्तजनलाई व्यापारीहरुले जबरजस्ती आफ्नो सामान किन्न भनेर हैरान गर्ने, एक मूल्यमा भनेर अर्कै मूल्य लिने गरेको गुनासो आयो’ उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका सचिव हरी श्रेष्ठले भने, ‘यसलाई नियन्त्रण गर्न हामीले सहज होस् भनेर सिसिटिभी क्यामेरा जडान गरेका हौँ।’ 

गाउँपालिकाको सात लाख रुपैयाँ र उद्योग वाणिज्य संघको एक लाख पाँच हजार रुपैयाँमा २६ वटा सिसिटिभी जडान गरीएको छ हो। मन्दिर र बजारका विभिन्न क्षेत्रलाई सिसिटिभी क्यामेराले निगरानी गरिएको छ। क्यामेरा राख्ने कार्यक्रम प्रतिनिधि सभा सदस्य हरीराज अधिकारीले उद्घाटन गरेका हुन्। 

धार्मिक क्षेत्र जस्तो शान्त र अनुशासित हुनुपथ्र्याे त्यस्तै बनाउन अभियान सुरु गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशकुमार थापाले बताए। ‘सिसि क्यामेरा राखियो’ थापाले भने ‘अब हामी यस बजारलाई विस्तारै अनुशासित बनाउँदै लैजान्छौँ। यहाँ एक पटक आएका भक्तजनहरु व्यापारीको व्यवहारले आजित मात्र होइन फेरि–फेरि आउने बनाउन वातावरण बनाउन चाहन्छौँ।’ 

गाउँपालिकाले मनकामना बजारलाई केन्द्रीत गरी सोलार बत्तीसमेत राख्ने योजना बनाएको छ। ‘सिसि क्यामेराले यहाँ विकृति हटाउन मद्दत गर्छ, कसैको केही सामान हरायो चोरी डकैती भयो भने दोषीलाई पक्राउ गर्न पनि सहज हुन्छ’ थापाले भने ‘हामी यसलाई अझै व्यवस्थित बनाउन चाहन्छौँ। त्यसैले अब बजारमा सोलार बत्ती जडान गर्छाैँ। त्यसका लागि गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग साझेदारी गरेर काम गर्छ।’ 

उद्योग वाणिज्य संघ मनकामना बजार ईकाइले मन्दिरको जग्गा मिचेर, बाटो मिचेर सामानहरु बेच्न राख्ने, भक्तजनको बाटोमै फोटो खिच्ने, खानाखाने जस्ता अनेक बाहनामा जबरजस्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.