|

सप्तरी : सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले अवैध सामान लोड गरेको ट्रक भन्सार कार्यालय सप्तरीमा बुझाएको छ।

उक्त कार्यालयका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाका अनुसार धान र गहुँ लोड गरी पातोबाट सुनसरीतर्फ जाँदै गरेको ना४ख ३७२ नम्बरको ट्रकलाई चेक जाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली ल्याइएको किराना सामानसमेत फेला परेपछि ड्राइभरसहितको ट्रक भन्सारमा बुझाइएको हो।

यसैगरी सोही कार्यालयले भारतीय नम्बर प्लेटको मोटर साइकलमा राखी भारततर्फ निकासी गर्न लागिएको छ कार्टुन स्याउ तथा मोटरसाइकल चालकसमेतलाई भन्सार कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए।

बोर्डर इलाकामा अवैध क्रियाकलाप रोक्न चेक जाँचलाई तीव्र पारिएको उनले बताए। भन्सार बुझाइएका सामानको मूल्य १४ लाख ९५ हजार २५० कायम भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.