|

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी वर्षको जनवरीबाट आफ्ना सबै सदस्य राष्ट्रलाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको छ। कोलकातामा बसेको बोर्ड बैठकले आइसिसीमा आवद्ध सबै १०४ राष्ट्रका पुरुष तथा महिला टिमलाई टी-२० मान्यता दिने निर्णय गरेको हो।

यसअघि १८ राष्ट्रलाई टी-२० को मान्यता दिएको थियो। आइसिसीका १२ पूर्ण सदस्यसहित स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ, यूएई, ओमान र नेपाल टी-२० मान्यता राष्ट्रका रूपमा रहेका थिए।

अब सबै देशका महिला टिमलाई जुलाई १ तथा पुरुष टिमलाई २०१९ को जनवरीदेखि टी–२० मान्यता प्रदान गरिनेछ। आइसिसीले सन् २०२१ च्याम्पियन्स ट्रफीको सट्टा टी-२० विश्वकप गर्ने निर्णय गरेको छ। त्यसअघि सन् २०२० मा पनि टी-२० विश्वकप हुँदै छ। योसँगै दुई वर्षभित्र दुई पटक टी-२० विश्वकप हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.