नेपालगन्ज : नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ।
यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी बन्द हुने निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक विनितकुमार उपाध्यायले बताए।
निगमको बाँकेको राँझास्थित कार्यालयमा निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, इण्डियन आयल कर्पोरेशनका एसएम बोसलगायतको उपस्थितिमा उक्त लकिङ सिस्टम शुरु गरिएको हो।
निगमको नेपालगन्ज कार्यालयमार्फत ११० बढी सवारी साधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।