|

कंचनपुर : कंचनपुरको बेलडाँडी गाँउपालिका– २ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार आगलागी हुँदा छ लाख रुपैयाँ बढीको क्षति भएको छ।

दिउँसो वीरबहादुर मालीले संचालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। स्थानीय वासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.