|

डडेल्धुरा : डोटीको बुडरमा स्कोरपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भिमदत्त नगरपालिका–२ उल्टाखामका करिब १९ वर्षका राजेश विष्ट भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुडरले दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरातर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको स्कोरपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

विष्ट डोटीको जोरायल गाउँपालिका–२ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत रहेको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिए। स्कोरपियो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.