|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-९ गाइबादे (उदेश्वर) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। शुक्रबार बिहान १० बजे गाईबादेदेखि ढुंगा लोड गरेर देवरीतर्फ जाँदै गरेको से १ त ५३३८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 

दुर्घटनामा परी परशुराम नगरपालिका ९ का ट्याक्टरका मजदुर ५५ वर्षीय नन्दसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।  दुर्घटनामा परशुराम नगरपालिका ९ कै चालक लाल धामी, नविन बोहरा, पुस्कर बोहरा, युवराज बोहरा र रतन बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

घाइते मध्ये पुस्कर बोहरालाई जोगबुडा अस्पतालमा उपचार हुन नसकेपछि नेपालग‌ंज रेफर गरेको छ। घाइते अन्य ४ जनाको जोगबुडा अस्तपतालमा उपचार भइरहेको छ। ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.