|

दाङ : दाङको तुलसीपुरमा एकल चित्रकला प्रदर्शन शुक्रवारदेखि सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिका ११ नवलपुर निवासी  दंगाली युवा चित्रकार लेखराज गिरीले प्रदर्शनलाई ‘परिचय’ नाम दिएका छन्। 

५ दिनसम्म चल्ने उक्त प्रदर्शनमा गिरीले ४६ वटा तस्विरहरू राखिएका छन्। प्रदर्शनमा राखिएका तस्विरको मूल्य ३ हजार ५ सय रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म तोकिएको छ।

तुलसीपुरका मेयर घनश्याम पाण्डेले उक्त चित्रकला प्रदर्शनको उद्घाटन गर्दै जीवन र जगतको चित्रण तस्विरमा उतार्नु अतिनै जटिल कार्य भएको उल्लेख गर्दै  त्यसलाई गिरीले अति नै सुन्दर तथा सजिव ढंगले प्रस्तुत गरेको बताए। गिरीको कलाको सम्मानका लागि उपमहानगरपालिकाले एउटा एउटा तस्बिर खरिद गर्ने भएको छ।

३२ वर्षीय गिरीले आफ्ना चित्रहरुबाट विद्यार्थी र चित्रकलामा लाग्न चाहने व्यक्तिले केही सिकुन भनेर चित्रकला प्रदर्शनी गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.