|

सल्लेरी : सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ। एभरेस्ट लिंकको सहयोगमा इन्टरनेट जोडेका विद्यालयले १० बजेदेखि ४ बजेसम्म अरु सबै चल्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएका हो।

विद्यार्थीको कम्प्युटर शिक्षा र शिक्षकको अध्यापन सहजताका लागि इन्टरनेट जोडेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राई इन्टरनेटको सहयोगमा अध्यापनमा सहज भई शैक्षिक गुणस्तर वृद्धिका लागि जोडिएको बताउँछन्।

प्रअ राईका अनुसार चाहिएको विषयवस्तु र नजानेको विषय इन्टरनेटमा खोज्दा पाइने भएकाले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.