|

अछाम : मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन्। असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । 

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। 

यस्तै पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो असिनापानीले क्षति पुर्‍याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिइन्। 'पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो', उनले भनिन्। आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँ सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.