|

सल्यानः नेपाल सरकारले सिन्डिकेटको अन्त्यको घोषणा गरेसँगै सल्यानमा नयाँ यातायात प्रा.ली खुलेको छ। शनिबार सल्यान खलंगामा कुमाख यातायात प्रा.ली.ले उद्घाटन कार्यक्रम गरेर सेवा सुरु गरेको जानकारी गराएको हो। 

यात्रुहरुको माग र चाहानालाई मध्यनजर गरी नयाँ यातायात प्रा.ली सञ्चालनमा ल्याएको कुमाख यातायात प्रा.लीका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए। नेपाल सरकारले यातायात क्षेत्रको सिन्डिकेटका विरुद्ध काम कारवाही बढाई रहेको समयमा नेपाल सरकारलाई नै सहयोग पु¥याउने उद्देश्यले आफुहरुले नयाँ यातायात प्रा.ली सञ्चालनमा ल्याएको श्रेष्ठको भनाई रहेको छ।

सल्यानको सिन्डिकेटलाई टोड्नका लागि पनि आफुहरुले नयाँ प्राली खोलेको उनको भनाई रहेको छ । जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लामा समेत सहज सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको श्रेष्ठले बताए । 

तत्काल १० वटा जीपबाट सेवा प्रदान गर्ने बताउदै केहिदिन भित्रै थप ११ वटा गाडी थप गरिने प्रालीका अध्यक्ष श्रेष्ठले बताए । जनताको मागलाई सम्बोधन गर्ने गरी सेवा प्रदान गरिने भएको छ । प्रालीले मार्के मदाना हुदै नेपालगञ्ज, सल्यान खलंगा सुर्खेत, कालिमाटी नेपालगञ्ज, सिलिंगे दाङ, खलंगा बालुवा, खलंगा सल्लीबजार लगायतका क्षेत्रमा सेवा प्रदान गर्ने भएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.