|

  • रमेश रावत

अछाम : नेपाल टेलिकमको इन्टरनेट सेवाबाट आजित बनेका पूर्वी अछामका सेवाग्राहीहरुले विकल्प खोजेका छन्। टेलिकमको सेवा प्रवाह फितलो भएको र सेवाग्राहीप्रति उत्तरदायी भन्दै सेवाग्राहीले निजी कम्पनीको इन्टरनेट जडान गर्न थालेका हुन्।

नेपाल टेलिकमले तीन वर्ष पहिले विनायकमा जोडेको एडीएसएल प्रविधिको इन्टरनेटले घाम नलागेका बेला काम नगर्ने भएकाले विकल्प खोज्नु परेको विनायकमा मनि ट्रान्फर सेवा सञ्चालन गदैए आएका जनकराज जैसीले बताए। पूर्र्वी अछामको ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाद गाउँपालिका कार्यालयमा समेत निजी सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएको छ। 

अछामका चार स्थानीय तहमा घाम लागेको बेला मात्र मोबाइल फोन र इन्टरनेट सेवा चल्छ। जलविद्युत् विद्युतलाइनसँग नजोडिएका पञ्चदेवल विनायक र कमलबजार नगरपालिका तथा तुर्माखाद र ढकारी गाउँपालिकामा नेपाल टेलिकमको टावरमा सोलार सिस्टम जडान गरिएको छ। तर, जडान गरिएको लामो समयसम्म मर्मत नहुँदा ब्याट्री चार्ज नहुने समस्या भएको नेपाल टेलिकम अछामले जनाएको छ। जिल्लामा यस्तो समस्या आएपनि टेलिकम कार्यालय अछामले यसबारे जानकारी नगराएको टेलिकम क्षेत्रीय कार्यालयले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.