|

बाँकेः नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ। 
विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखैँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो। आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ। 

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन। शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.