|

काठमाडौं : दाङ तुल्सीपुर नगरपालिका–९  विजऔरीमा रहेको श्रीराम चौधरीको घरमा  सानो किराना पसल थियो, चार दाजुभाइ मध्ये जेठो सन्तान रहेका उनलाई आफ्नो दुइ सन्तान सहित बुवा आमा र भाइहरुको पनि जिम्मेवारी थियो। किनारा पसलबाट हुने आम्दानीले सामान्य दैनिक चलिरहेको थियो। तर परिवारलाई भएको अवस्था भन्दा अझ सुखले पाल्ने सपना बोकेर बैदेशिक रोजगारीका लागि सन् २०१६ मा साउदीमा अरेवियामा  गएका श्रीराम चौधरी यतिबेला दुबै मृगौला गुमाएर घर फर्किएका छन्।

जसले गर्दा चौधरीको सुखले परिवार पाल्ने उनको सपना अहिले टुटेको छ। दुई सन्तानका पिता उनी अहिले दुवै मिर्गौला फेल भएर घर फर्किएका छन्।

दुई बर्ष अगाडी पाउजू मेनपावरबाट पलम्बरको काम भन्दै साउदी पुगेका चौधरी त्यहाँ गएर लेवरको काम गर्नु परेको अनुभव सुनाए।अस्पतालले दुवै मिर्गौला बिग्रिएको पुष्टि गरे पछि काम गर्न नसक्ने भन्दै गत विहिबार नेपाल फर्काइएका चौधरीको हाल वीर अस्पतालको एक सय ५३ वेड नम्बरमा उपचार गराइ रहेका उनले भने ' यहाबाट मेनवपावरले पलम्बरको काम भन्दै पठायो जुन कामको लागि यहाँ एक महिना सम्म तालिम पनि लिएको थिए तर त्यहाँ गए पछि चर्को घाममा लेवरको काम गर्नु पर्यो।'

पलम्बरको काम भनेर गएको मा चर्को घाममा लामो समय सम्म लेवरको काम गरेकाले आफू अहिले विरामी परेको उनले बताए। ७० डिग्री भन्दा माथिको तापक्रमा लामो समय सम्म काम गर्नु पर्ने, खाना खाने समय नियमित नहुने, प्रशस्त पानी खान नपाउने हुनाले उहाँ गएको करिव एक बर्ष पछि आफू विस्तारै विरामी पर्दै गएको उनले बताए।

उनले भने 'सुरुमा  सामान्य स्वास्थ्यमा समस्या देखिदा सामान्य  होला वास्ता गरिन तर पछि लामो समय सम्म ज्वरो आए पछि अस्पताल गएर चेक गर्दा दूवै मिर्गौला विग्रिएको थाहा भो।'

साउदीको रोयल कमिसन अस्पतालले पुष्टी गरे पछि २७ दिन सम्म साउदीकै अस्पतालमा बसेका उनी त्यस पछि घर फर्किने भन्दा अर्को विकल्प नरहेको हुनाले आफू फर्किएको बताए। घर फर्किए पनि अव आफ्नो उपचार र घर परिवार ककसरी चलाउने भन्ने उनलाई चिन्ता छ अहिले बिगत एक हप्ता अघि देखि वीर अस्पतालमा उपचार गराइ रहेका उनले भने ' कमाउन भनेर विदेश गएको म आफै विरामी भएर फर्किए अब आफ्नो उपचार कसरी गर्ने घर कसरी चलाउने  युकेजी र एलकेजीमा पढ्ने दुई छोराको भविश्य अन्धकार हुने भो।'

३७ वर्षीय उनी अहिले वृद्ध आमाबुबाको हेरचार कस्ले गर्ला भन्ने चिन्तामा बसेका छन् । आफ्नो चिन्ता भन्दा पनि उनलाई परिवारको चिन्ताले सताएको छ। उनलाई अहिले।दुवै मिर्गौला फेल भएर घर फर्किएका श्रीमानलाई लिन काठमाडौं आएकी चौधरीको २८ बर्षिय श्रीमती गिरा चौधरीलाई अब श्रीमानको उपचार कसरी गर्ने भन्ने चिन्ता रहेको बताउछिन्।

हाल उनको हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने हुन्छ। डायलासिस नि शुल्क भए पनि आवश्यक औषधी आफैले किन्नु पर्ने हुन्छ।  कमाउन गएको श्रीमान विरामी भएर फर्किए पछि उनको उपचार हाल ऋण खोजेर गर्नु परेको चौधरीको श्रीमती गिताले बताइन्।

हाल सम्म उपचार गर्दा ऋण कति पुग्यो उनी संग ठ्याक्कै हिसाव छैन। तर अव ऋण कसरि तिर्ने, घर परिवार कसरी चलाउने भन्ने उनलाई चिन्ता छ।उनले भनिन्। ' कमाउन जानु भएको उहाँ विरामी भएर फर्कनु भो हाल उपचार पनि ऋण काडेरनै गरिएको छ। अब के गरेर घर चलाउने भनेर सोच्नै सकेको छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.