|

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय बोर्ड खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। निर्वाचनको समीक्षा गर्न १४ दिनदेखि जारी बैठकका निर्णय सुनाउन आइतबार पार्टी कार्यालय सानेपामा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सो कुराको जानकारी दिएका हुन्। 

बैठकले विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिको पुनर्गठन गर्न निर्णय गरेको छ। मदाधिकारी मनोनयनका लागि निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बस्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए। उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीन जना पदाधिकार मनोनय गर्न अझै बाँकी छ। भोलीको बैठकले बाँकी पदाधिकारीको मनोनयन गर्ने निर्णय गरेको छ। 

जिल्ला सभापतिहरुको भेला जेठ मसान्तरभित्र गरिसक्नुका साथै महासमितिको बैठक भदौमा बोलाउन निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.