|

कालीकोट : प्रदेश एक पाँचथरको चियो भञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ७६५ किलोमिटर लम्बाईको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण कार्यले तीव्रता पाइरहेको छ। 

सरकारले राष्ट्रिय गौरवको आयोजनाको अछाम सडकखण्डको ६० किलोमिटर सडक खण्डको कामले तीव्रता पाएको हो। आर्थिक वर्ष २०७३/०७४ बाट कालोपत्रे र सडक सुधारको काम दुई वर्षभित्र अछाम सडकखण्डमा ६५ प्रतिशत भन्दा बढी काम भइसकेको आयोजनाको पश्चिम खण्ड दाङका इञ्जिनियर तुलाराम शर्माले बताए। ‘अहिलेकै गतिमा काम भएमा ०७५ साल असारभित्रै ७५ प्रतिशत कालोपत्रे भइसक्ने छ।’ उनले भने, ‘ढिलोमा ०७५ साल असोज मसान्तसम्म अछाम खण्ड कालोपत्रे भइसक्छ।’

अछाम सडकखण्डको सबै भन्दा बढी काम मंगलसेन नगरपालिकाभित्र भइरहेको र यस खण्डमा असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न भइसक्ने आयोजनाका इन्जिनियर शर्माले बताए। ‘अहिले सडकको पेभमेन्ट (बेस कोर्ष र डिबिएसडी) को काम धमाधम भइरहेको छ।’ उनले भने, ‘ठाँटीखाँद मंगलसेन सडक खण्डको १७ किलोमिटर मध्ये तीन किलोमिटर मात्रै बेसको काम बाँकिरहेको छ।’

दैलेख सडकखण्डको निर्माण कार्य सुरु

पुष्पलाल मध्य पहाडी राजमार्गको ८६ मिलोमिटर सडकखण्डमा विवाद भएर रोकिएको आठ वर्षपछि दैलेख सडकखण्डको निर्माण कार्य सुरु भएको छ।सडकखण्ड निर्माणमा निर्माणमा स्थानीयहरूको जग्गा र ठेकेदारहरूका कारण काम रोकिएको थियो। स्थानीय तहका प्रतिनिधिको अगुवाइमा विवाद समाधान गरेसँगै सडक निर्माण कामले तीव्रता पाएको छ।

दैलेखको पूर्वमा जाजरकोट र पश्चिममा अछामसँग जोड्ने लोकमार्ग तीन वटा वल्कमा काम भइरहेको छ। १२ सय बढी कामदारहरूले ग्याविन भर्ने, सडक चौडा पार्ने, नाला बनाउने,पाइप हाल्ने र ग्राभेल विछ्याउने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.