|

काठमाडौं : सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)द्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले बालबिवाहविरुद्धको १०० दिने सञ्चार अभियान सुरु गरेको छ।

सीआईएनले सोमबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरी अभियान सुरु भएको जानकारी दिएको हो। सीआइएनका प्रमुख दीपक आचार्यले १०० दिनमा रेडियोमार्फत बालविवाह अत्यका लागि १० हजार व्यक्तिको प्रतिवद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिए।

देशभरि रहेका सामुदायिक रेडियो मार्फत स्थानीय तहका नागरिकको आवाज संकलन गरी सीआईएनमार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिवद्धता खोज्ने आचार्यले बताए।

देशैभरि बाल विवाहविरुद्धको सन्देश फैलाउने अभियानको उद्देश्य रहेको बताइएको छ। अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँ-ठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियो छलफल तथा विचार र प्रतिवद्धतालाई प्रशारण गरिनेछ।

वल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा सुरु भएको अभियानलाई परियोजनाको रुपमा मात्र नबुझ्नका लागि आग्रह गर्दै वल्डभिजन इन्टरनेशनल नेपालका जनसम्पर्क निर्देशक पुस्कर खातीले आग्रह गरे। यस अभियानलाई सफल बनाउन सामुदायिक रेडियोलाई सबै सरोकारवालाले सहयोग गर्नुपर्ने उनले बताए।

मंगलवारदेखि सुरु हुने अभियान आउँदो साउन २६ सम्म सञ्चालन हुनेछ। १०० दिने अभियानका क्रममा स्थानीय तह तथा प्रदेश सरकारलाई बाल विवाहमुक्त नेपाल प्रतिवद्ध गराउन सञ्चार माध्यमले भूमिका खेल्ने पत्रकारहरुले बताए।

अभियानअन्तर्गत बाल विवाहसम्बन्धी विचार र प्रतिवद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जोसुकैले आफ्नै आवाजमा राख्न सक्ने तथा टेलिफोनबाट रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.