|

काठमाडौं : स्थानीयतहमा तल्लो तहका कर्मचारी मात्र नभएर प्रथम श्रेणीकै कर्मचारीसमेत अभाव छ। स्थानीय तहमा ३७ हजार ७९६ जना कर्मचारी आवश्यक पर्नेमा सात हजार ४९४ जना कर्मचारी अझै आवश्यक रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्थानीय तहमा १५ जना उपसचिवको पद अझै रिक्त छ। स्थानीय तहमा सहसचिवको १८ दरबन्दीमध्ये ललितपुर, चितवन र पोखरा महानगरपालिकामा मात्र पूर्ति भएको छ। अन्य महानगरपालिका तथा उपमहानगरपालिकामा पद रिक्त छ।

यस्तै, प्रशासन सेवातर्फ ५२१ उपसचिवको दरबन्दी रहेकामा २२० जना उपसचिवको पद अझै रिक्त छ। स्थानीय हिमा ४५९ अधिकृतस्तरका कर्मचारी र नायब सुब्ब र खरिदार तहका छ हजार ८०० कर्मचारीको पद रिक्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.