दुई अरब बढी रकम माग दाबी

|

काठमाडौं : स्वदेशमा रोजगारीको अवसर सिर्जना नहुँदा रोजगारीका लागि विदेशिने नेपालीको संख्या दिनानुदिन बढ्दो छ। बाध्यताले बिदेसिँदै गर्दा वैदेशिक रोजगारीका नाममा धेरै युवा ठगिने गरेका छन्। यसरी वैदेशिक रोजगारीका नाममा ठगीने युवाको संख्या बर्सनि बढ्दै गएको छ।

सरकार र व्यवसायीले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नसक्दा धेरै युवा यसरी ठगीने गरेका हुन्। विभागका निर्देशक शशिकुमार लम्सालका अनुसार वैदेशिक रोजगारीमा जान चाहने युवा सीप नसिकी विदेश जाने, आफू जान चाहेको कम्पनी देशको बारेमा सामान्य ज्ञान नै नलिई जान खोज्दा भनेजस्तो काम नपाउने र ठगीने गरेको उनको बुझाइ छ।

यसरी सरकार, व्यवसायी र अधिकारकर्मीले वैदेशिक रोजगारीमा जाने कामदारलाई सचेत नगराउँदा वैदेशिक रोजगारीका लागि जाने कामदार ठगीने क्रम बढ्दो छ। वैदेशिक रोजगार विभागमा व्यक्तिगत र संस्थागत गरी वर्षेनि ठगीका हजारौँ उजुरी पर्ने गरेका छन्। पछिल्लो तीन आर्थिक वर्षमा मात्र वैदेशिक रोजगारीका लागि जान खोज्ने ६ हजार ४७ युवाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। दुई अरब १४ करोड ९९ लाख ३९१ दाबी रकम माग गरेका छन्।

यस्तो छ, तीन आर्थिक वर्षको उजुरीको तथ्यांक

आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगार विभागमा व्यक्तिगत ६८७ उजुरी परेको छ। दाबी रकम ५५ करोड ०२८ लाख ३ हजार ३३७ गरेको छ। त्यस्तै, संस्थागततर्फ १३८९ उजुरीपरेको छ। दाबी रमक २५ करोड २ लाख १२ हजार २५५ परेको छ।

यसरी ०७२-७३ मा जम्मा उजुरी २०७६ परेको छ भने कुल दाबी रकम ६० करोड ०४ लाख ९५ हजार ५९१ गरिएको छ। आर्थिक वर्ष ०७३/०७४ मा वैदेशिक रोजगार विभागमा व्यक्तिगततर्फ ९३१ उजुरी परेका छन् भने दाबी रकम ३२ करोड १७ लाख ७६ हजार ६८६ गरेको छ। त्यस्तै, संस्थागततर्फ १४५२ उजुरी परेको छ। दाबी रकम ४३ करोड ६० लाख ६५ हजार ११८ परेको छ।

यसरी ०७३-७४ मा जम्मा उजुरी २३८३ परेको छ भने कुल दाबी रकम ७५ करोड ७८ लाख ४१ हजार ८०४ छ। चालु आर्थिक वर्ष ०७४/०७५ को हालसम्ममा वैदेशिक रोजगार विभागमा व्यक्तिगततर्फ ८१८ उजुरी परेको छन भने दाबी रकम ५४ करोड २२ लाख ०६ हजार ०९८ गरेको छ। त्यस्तै, संस्थागततर्फ ७६९ उजुरी परेको छ। दाबी रकम २४ करोड ०४ लाख २६ हजार ८९८ परेको छ।

यसरी चालु आर्थिक वर्षमा जम्मा उजुरी १५८७ परेको छ भने कुल दाबी रकम ७८ करोड २६ लाख ५२ हजार ९९६ गरिएको छ। विभागमा परेको तीन आर्थिक वर्षको उजुरीको तथ्यांक हेर्दा वैदेशिक रोजगारीमा जाने खोज्ने युवाहरु ठगीने क्रम बढ्दो छ। यसरी ठगीनेमा संस्थागत (म्यानपावर एजेन्सी) र व्यक्तिगत रूपमा वैदेशिक रोजगारको नाममा रकम लेनदेन विवादपछि पीडित पक्षले विभागमा दर्ता गराएको तथ्यांक हेर्दा संस्थागतभन्दा व्यक्तिगत रुपमा ठगीनेको संख्या बढी छ।

यस तथ्यांकमासमेत केही छुट पुट भएको हुन सक्ने र अझ यो संख्या बढ्न सक्ने विभागले जनाएको छ। विभागमा अाउने उजुरीमाहरुमा संस्थागत उजुरीमा क्षतिपूर्ति भराउन सजिलो हुने र व्यक्तिगत उजुरीमा झन्झट्टिलो हुने विभागले जनाएको छ। 

के छ, उजुरीबारे विभागको धारणा ?

वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्साल उजुरी  दाबी रकम बढ्नुमा जनचेतनाको कारण भएको दाबी गर्छन्। ‘पहिलेभन्दा मानिसमा जनचेतना बढेको छ, अव उजुरी गर्नुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘अर्को कुरा विभागले क्षतिपूर्ति भराई दिने र अदालतमा मुद्दा दायर गर्ने भएकाले पनि उजुरी संख्या बढेको हो।’

त्यसो त अन्य कारणमा ठगिएकाले पनि वैदेशिक रोजगारीमा ठगिएको कागज बनाएर उजुरी गर्ने गरेको लम्सालले बताए। विभागले प्रभावकारी रूपमा उजुरी छानबिन र कारबाही गरिरहेको र दाबी रकमसमेत भराउने गरेको उनको भनाइ छ। 

के भन्छन् व्यवसायी?

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गिलाल भने यसरी ठगिने युवाहरू सबैभन्दा बढी विदेश पठाउन खोज्ने गिरोहबाट पीडित हुने गरेको बताउँछन्। उनले भने, 'हामीभित्र पनि केही समस्या छन्, नभएको होइन, तर वैदेशिक रोजगारीका लागि जाने कतिपय युवाहरुको समयमै भिसा नआइदिन र समस्या हुँदा त्यसको समाधानको लागि वैदेशिक रोजगार व्यवसायी सचेत भएर लागिपरेको छ।' तर, एउटा गिरोह नै छ चेलीबेटी बेच्ने अमेरिका क्यानाडा पठाउँछु भन्ने अनि युवा युवातीहरुलाई अलपत्र पार्ने त्यस्तो गिरहोले व्यवसायीलाई बदनाम बनाएको छ,' उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.