|

कपिलवस्तु  : मंगलबार २५ सय ६२आैँ बुद्ध जयन्तीको समापनको अवसरमा रुपन्देहीको लुम्बिनीबाट ल्याइएका शिशु बुद्धलाई प्राचिन तिलौराकोटमा भव्य स्वागत गरिएको छ। प्राचिन घटनाको झल्को दिने गरी शिशु बुद्धलाई धुमधामका साथ कपिलवस्तु भित्र्याइएको हो। 

लुम्बिनी विकास कोषले बुद्ध जन्मिएको भोलिपल्ट राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी शिशु बुद्धलाई भव्य स्वागत गर्ने गरेको छ। नवदुहली झैँ श्रंगार गरिएको रथमा धातुको शिशु बुद्धको मुर्ती राखेर शहर परिक्रमा गराइको थियो। कोषले चार वर्षयता बेबीबुद्धलाई कपिलवस्तुमा यसरी नै भव्य स्वागत गर्ने गरेको छ।

राजकुमार सिद्धार्थ जन्मिएर दरबार फर्किदाको क्षण यसपलि पनि जिल्लावासीले महसुस गर्न पाएको लुम्बिनी विकास कोषका सदस्इ राजेश ज्ञवालीले बताए। 

बौद्ध ग्रन्थमा लेखिएअनुसार मायादेवी गर्भवती भएपछि दशौं महिनामा माईत देवदह जाने ईच्छा गरेकी थिइन्। रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभन गर्ने क्रममा उनले राजकुमार सिद्धार्थलाई जन्मदिएकी थिइन्। यो खबरले तिलौराकोट, कपिलवस्तु शहर र देवदहमा हर्सोल्लास भएको थियो र सिंगो कपिलवस्तु शहर सिंगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किदा कपिलवस्तुमा कायौँ दिनसम्म खुसीयाली छाएको जानकारहरु बताउँछन्। 

प्राचिन समयमा शिशु बुद्धलाई कपिलवस्तु भित्र्याउँदा गरिएको भव्य स्वागतलाई स्मरण गर्दै विगत चार वर्षदेखि कपिलवस्तुमा पुनः शिशु बुद्धलाई भित्र्याउन थालिएको हो। 

स्वागत यात्रामा संघीय सरकारका कृषि एवं सहकारी मन्त्री चक्रपाणी खनाल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ता, प्रदेश सदस्य विष्णु पन्थी, धर्मबहादुर लाल श्रीवास्तव, रीना नेपाल, प्रजिअ मदन भुजेल, कोषका कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.