|

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मीला टमाट्टाको शव गोठमा भेटिएको छ। 

आईतबार घरबाट आफन्तका घरमा जाने भनेर निस्किएकी उर्मिलाको शव छिमेकीको गोठमा फेला परेको हो। आफन्तको घरमा नपुगेको खबरपछि उनको खोजी गर्दा उनको शव भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताए। प्रहरीका अनुसार उनको शव नजिकै मुसा मार्ने प्रयोग गरिने बिष फेला परेको छ। उक्त घटनाका बारेमा बुझ्न एक स्थानीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

तुर्माखाद गाउपालिका–३ भैरबस्थानमा २३ वर्षीया धनसरा नेपाली झुण्डिएको अवस्थामा फेला परेकी छन्। मंगलबार विहान ५ बजे घरबाट हिँडेकी उनी ३०० मिटर टाढा झण्डिएको अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ। स्थानीयका अनुसार धनसरा गर्भवती हुनुका साथै उनकी अढाइ वर्षीया छोरीसमेत छिन्। 

मृतक दुबै जनालाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसैन लगिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.