|

काठमाडौं  : माउ पार्टीमा भएको गुटको विवाद सकिन नपाँउदै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा समेत तीव्र विवाद देखिएको छ। निर्वाचन समीक्षाको निर्णय र पदाधिकारी चयनका विषयमा माउ पार्टीभित्र विवाद कायम रहेकै बखत भातृ संगठन नेविसंघको समेत गुतगत विवाद सतहमा आएको हो। 

संस्थापन पक्षले आगामी १२ औं महाधिवेशनको विषयमा छलफल गर्न भन्दै २८ र २९ वैशाखका लागि केन्द्रीय समिति बैठक बेलाएपछि महामन्त्री कुन्दनराज काफ्लेले समेत छुट्टै बैठक बोलाएका छन्। 

अध्यक्ष नैनसिंह महरले महाधिवेशनका विषयमा छलफल गर्न भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएपछि महामन्त्री काफ्लेले समेत अध्यक्षले मनोमानी ढंगबाट संगठनमा विधिविहीनताको अवस्था सिर्जना गराएको भन्दै १२ औं महाधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक डाकेका हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.