|

धादिङ : सिद्धलेक गाउँपालिका १ पिपलनलाङका समीर सिलवाल २०५९ फागुन २८ गते रोजगारीका लागि मलेसिया गए। मलेसिया पुगेको तीन महिनापछि सिलवालले ‘राम्रो काम पाएको र आफ्नो अवस्था पनि राम्रो रहेको’ व्यहोराको पत्र पठाए।

त्यसपछिका तीन वर्ष फोन पनि चिठी आएन। समीरका बुबा पूर्णप्रसाद सिलवालले भने, ‘काम राम्रै छ भनेर चिठी पठाएका छोराले यताबाट पठाएको चिठीको उत्तर पनि पठाएन। न त फोन गर्यो।’

गाउँमा फोन थिएन। २०६२ सालको पुस महिनामा पृथ्वी राजमार्गस्थित मलेखु पेट्रोलपम्पमा आफा्नो परिवारलाई बोलाइदिन आग्रह गर्दै मलेसियाबाट फोन आयो। छोरासँग बोलेको अन्तिम पटकको सम्झना गर्दै पूर्णप्रसादले भने, ‘छोराले रुँदै आफूलाई कम्पनीले फसाएको र तलब नदिएकाले घरमा सम्पर्क गर्न नपाएको सुनायो।’
 विदेश जाँदा लागेको खर्च जसोतसो जम्मा गरेर २०६३ सालको दसैँमा फर्किने भनेर कुरा टुंग्याएको छोरा त्यसपछि १२ वटा दसैँ बितिसक्दा पनि फर्किइनन्।

यस्तै ३० वर्षको भर्भराउँदो उमेरमा कमाउन भारत गएका नीलकण्ठ नगरपालिका २ सिम्लेका रसबहादुर तामाङको अवस्था पनि अज्ञात छ। तीन महिनाकी गर्भवती श्रीमती छोडेर गएका रसबहादुरविनामका ३१ वर्षसम्म दुःखका पहाड छिचोलिन श्रीमती दुधिमायाले।

रसबहादुर मात्र होइन, दुधिमायाले श्रीमान्विना हुर्काको कान्छो छोरा इन्द्रबहादुर पनि आठ वर्षअघिदेखि मलेसियामा बेपत्ता छन्। जेठो छोरा राजु पनि कमाउन भारतको दिल्ली पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.