|

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ। 

राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सो म्याजिक भ्यानबाट खसेर गम्भीर घाइते भएका मरिकलाई उपचारका लागि सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.