|

इलाम : रोङ गाँउपालिका–१ कटहरेमा गत आइतबार राति ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

राति भान्छा घरमा सुतेकी वृद्धामाथि बलात्कार गरेको आरोपमा रोङ गाँउपालिका–४ का २३ वर्षीय एक युवकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए। 

बलात्कारको क्रममा वृद्धाको जिब्रो समेत काटिएको बुढाथोकीले बताए। पीडित वृद्धाका झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ। मंगलबार उनको जिब्रोको शल्यक्रिया भएको रोङ गाउँपालिका–१ वडाध्यक्ष बुद्ध ढकालले जानकारी दिए। ढकालका अनुसार पीडित बोल्न नसकेपनि खतरामुक्त छन्। पीडित वृद्धाको उपचारमा खर्च अभाव भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.