|

कालिकोट : चार महिनादेखि बेपत्ता भएकी २५ वर्षीया महिलाको कंकाल फेला परेको छ। नरहरीनाथ गाउँपालिका–४ की गौंकला बुढाको अस्थिपञ्जर कंकाल भेटिएको हो।

फेला परेको कंकाल घटनास्थलबाट संकलन गरी डक्सिरिबोनुक्लेक एसिड (डीएनए) परीक्षणका लागि प्रक्रिया सुरु भएको नरहरीनाथ गाउँपालिका–५ का वडाध्यक्ष नमराज सहकारीले बताए। ‘महिलाको कंकाल फेला परेको छ।’ उनले भने,‘घटनास्थलबाट संकलित मानव कंकालको डक्सिरिबोनुक्लेक एसिड (डीएनए) परीक्षणका लागि प्रक्रिया अगाडि बढेको छ।’

१ मंसिर ०७४ मा स्थानीयले परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लागएपछि उनी इलाका प्रहरी कार्यालय कुमाल गाउँमा उजुरी दिन पुगेकी थिइन्। प्रहरीले दुवै पक्षसँग छलफल गरी अनैतिक सम्बन्ध नभएको भन्दै उनीहरूलाई सामान्य कागज गरी छोडेको थियो। स्थानीयले ठट्टा गर्ने बानीका कारण उनले अनावश्यक आरोप खेप्नुपरेको बयान दिएका थिए। त्यसलगत्तै उनी घर छोडेर हिँडेको परिवार स्रोतले बतायो। घर–परिवार र समाजकोे आरोप सहन नसकेर गौंकला घर छोडेर हिँडेको उनको कंकाल भेटिएको वडाध्यक्ष सहकारीले बताए।

जिल्ला प्रहरी कार्यालय कालिकोट मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक (असई) लोकेन्द्र कार्कीले पनि डीएनए परीक्षणका लागि म्याचिङ गर्न परिवारका अन्य सदस्यलाई बोलाएको जानकारी दिए। ‘अनुसन्धान र डीएनएको रिर्पोटपछि आवश्यकताअनुसार घटनाबारे थप अनुसन्धान हुनेछ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.